लेटेस्ट न्युज
advertisement1

लहान बम विस्फोट : सिसिटिभी फुटेजमा देखिएका शंकास्पद व्यक्ति पक्राउ

Maryada News 2021-03-15 21:53:18
लहान बम विस्फोट : सिसिटिभी फुटेजमा देखिएका शंकास्पद व्यक्ति पक्राउ

लहान : आइतबार लहान ८ स्थित  मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एक युवक पक्राउ परेका छन् । सोमबार लहान–१८ भदैयाका २७ बर्षीय बलराम मण्डललाई सुखीपुर –२ विद्यानगरबाट पक्राउ गरिएको सिरहा जिल्ला सशस्त्र प्रहरी गाण्ले जनाएको छ । 

मालपोत कार्यालयमा बम विष्फोट हुनुभन्दा अघि कार्यालय छिरेका महतोको सिसिटिभी क्यामरामा कैद भएको तस्बीरको आधारमा गहन अनुसन्धानपछि पक्राउ गरिएको हो ।

आइतवार बम विष्फोट हुँदा आठ जना घाइते भएको थियो भने धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षिय दिनेश भण्डारीको अवस्था गम्भीर भएपछि उपचारका लागि  नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।  यस्तै कार्यालयका सुब्बा शिवकुमार यादवको  विराटनगरमा उपचार भइरहेको छ भने वाँकी ६ जनाको लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा भइरहेको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्