लेटेस्ट न्युज
advertisement1

जनताको चाहना कुलमान, ओलीको रोजाइमा हितेन्द्रदेव

Maryada News 2021-02-09 15:35:41
जनताको चाहना कुलमान, ओलीको रोजाइमा हितेन्द्रदेव

काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। कुलमान घिसिङले अवकाश पाएको केही महिनापछि सरकारले कायममुकायम रहेका हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। 

सोमबारको मन्त्रिपरिषद बैठकले शाक्यलाई प्राधिकरणको सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए।

यसैबीच नवनियुक्त कार्याकारी शाक्यलाई घिसिङको 'सेलिब्रेटी स्टयाटस'ले चुनौती थपिदिएको छ। लामो समय अन्धकार हुने गरी हुँदै आएको लोडशेडिङ घिसिङ कार्यकारी निर्देशक बनेपछि अन्त्य भएको थियो। सोही कारण उनी हरेक नेपालीमाझ प्रिय छन्।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले मन्त्तिपरिषद् बैठकमा कुलमानलाई पुनर्नियुक्त गर्न प्रस्ताव गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी छिद्र देखाँउदै पुनर्नियुक्त गर्न आनाकानी गरेपछि उनको पुनर्नियुक्ति रोकिएको थियो। 

त्यससँगै कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा विभिन्न व्यक्तिहरू लागेको खबरहरू आउँदा उनको निरन्तरताबारे चौतर्फी चासो देखिएको थियो। कोरोना  महामारीकै बीच घिसिङ विदाई हुँदा पुनर्बहालीको माग गर्दै जनता सडकमा ओलिर्एका थिए।

शाक्य प्रसारण लाइनविज्ञ हुन्। उनले एमसिसिका लागि प्रसारण लाइनको अध्ययन गरेका थिए। हितेन्द्र र कुलमानले चिलिमे जलविद्युत् परियोजनामा सँगै काम गरेका थिए। 

घिसिङलाई उक्त जिम्मेवारीमा फेरि दोहोर्‍याउन सामाजिक सञ्जाल र जनस्तरबाट व्यापक आवाज उठे पनि प्राधिरणकबाट कुलमान आउट भइसकेका छ्न। सामाजिक सञ्जालमा कुलमानको पुनर्नियुक्तिको समाचार भाइरल भएको भन्दै बधाई तथा शुभकामना दिने लहर चलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्