काठमाडौं । सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ । मंगलबार अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्ती विष्णु पौडेलले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रकम उपलब्ध गराएको बताए ।
आज नै प्रधानमन्त्री ओलीले आगामी बैशाख वैशाख १७ र २७ गरि दुई चरणमा निर्वाचन गर्नेको तयारी तीव्र बनाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिसभा संसद विघटन गरेकी थिइन् ।
प्रतिक्रिया