काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सहिद, बेपत्तायोद्धा परिवार बागमती प्रदेशले काठमाडौंमा प्रदर्शन गरेको छ। र्याली बबरमहलमा भेला भई नयाँ बानेश्वर पुगेर र्याली कोणसभामा परिणत भएको थियो।
सहिदको रगतले लेखिएको संविधानको रक्षार्थ र प्रतिगामी कदमको भण्डाफोर गर्न आफूहरुले बृहत् र्याली तथा प्रदर्शन गरेको उनीहरूले बताएका छन्। बेपत्ता तथा सहिद परिवार एकजुट हुन उनीहरुले आग्रह गरेका थिए।
सहभागीहरूले 'प्रतिगामी कदमको भण्डाफोर गराैं', ‘संसद पुनर्स्थापना हाम्रो माग प्रतिगामीहरू भागाभाग’, ‘सहिद बेपत्ता पारिएकाहरूको एउटै आवाज असंवैधानिक कदम मुर्दावाद’, ‘निरकुंश तानाशाह मुर्दावाद’ लगायत नारा लगाएका थिए।
सहभागीहरूले एक एक थान संविधान बोकेर प्रदर्शनमा सहभागी भएका थिए।
प्रतिक्रिया