लेटेस्ट न्युज
advertisement1

झलनाथ-माधव समूहकाे निर्णयः राजीनामा पनि नदिने, संसद बैठकमा पनि नजाने

Maryada News 2021-05-10 12:36:58
झलनाथ-माधव समूहकाे निर्णयः राजीनामा पनि नदिने, संसद बैठकमा पनि नजाने

काठमाडाैंः नेकपा एमालेकाे झलनाथ-माधव समूहका सांसदहरू आज साेमबार प्रतिनिधि सभाकाे विशेष अधिवेशनमा अनुपस्थित हुने भएका छन्। साे समूहकाे सिंहदरबारमा भर्खरै सम्पन्न बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने कार्यसूची रहेकाे विशेष अधिवेशनमा सांसदहरू अनुपस्थित हुने निर्णय गरेकाे हाे।

यसअघि अध्यक्ष ओलीलाई साेमबार बिहान ९ बजेसम्मकाे अल्टिमेटम दिँदै साे समूहका सांसदहरूले ओली नसच्चिए सांसद पदबाट राजीनामा दिने बताएकाे थियाे। यद्यपि बैठकमा राजीनामा दिएर पनि ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढे के गर्ने भन्ने प्रश्न उठेपछि तत्काल राजीनामाकाे रणनीति अघि नबढाइएकाे साे समूहका एक सांसदले बताए।

यसका साथै केपी शर्मा ओलीले आज संसदमा विश्वासकाे मत नपाउने लगभग निश्चित भएकाे छ।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्