लेटेस्ट न्युज
advertisement1

लागूऔषध ओसारपसार गर्ने चार जना पक्राउ

Maryada News 2021-05-10 11:49:52
लागूऔषध ओसारपसार गर्ने चार जना पक्राउ

कञ्चनपुरः जिल्लामा निषेधाज्ञामा पनि लागूऔषधको कारोबार बढेपछि प्रहरीले निगरानी बढाएकाे छ। पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित दुई भारतीय र दुई नेपाली युवाहरूलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुई दिनअघि बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको थियाे। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेका छन्।

प्रहरीले यसअघि खैरो हिरोइन पैठारीमा यहाँका सीमा नाकाबाट एक दर्जनभन्दा बढी भारतीय युवकलाई पक्राउ गरिसकेकाे छ।

त्यसैगरी प्रहरीले जिल्लाकाे दोधारा चाँदनीबाट पनि स्थानीय ३३ वर्षीय प्रेमदत्त भट्ट र वेदकोट नगरपालिका–२ का ३२ वर्षीय केशव खत्रीलाई खैरो हिरोइनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत गिरीले बताए।

अभियुक्तहरूको साथबाट १४.६९ ग्राम खैरो हिरोइनसमेत बरामद गरिएकाे छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका अभियुक्तहरूलाई मुद्दा चलाएर कारबाही अघि बढाइने बताए।

“लागूऔषध कारोबारी प्रहरी लकडाउनमा व्यस्त छ भनेर सलबलाए”, उनले भने, “तर प्रहरीले सबैतिर निगरानी बढाइरहेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्