लेटेस्ट न्युज
advertisement1

सिरहाकाे मालपाेत कार्यालयमा बम विष्फाेट, घटनास्थलमा गाेइत समूहकाे पर्चा भेटियाे

Maryada News 2021-03-14 15:48:15
सिरहाकाे मालपाेत कार्यालयमा बम विष्फाेट, घटनास्थलमा गाेइत समूहकाे पर्चा भेटियाे

सिराहाः जिल्लाकाे लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विष्फाेट भएको छ। आइतबार दिउँसाे लाहानकाे मालपाेत कार्यालयमा कुकर बम विष्फाेट भएकाे हाे। 

बम विष्फाेटमा परि सात जना घाइते भएका छन्। घाइतेमध्ये दिनेशकुमार भण्डारीकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए। दिनेश मालपाेत कार्यालयमा सेवाग्राहीकाे रूपमा आएका थिए। 

घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। 

घटनास्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ। विष्फोट भएको स्थानमा साे समूहको पर्चा भेटिएकाले सोही समूहले नै कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्