लेटेस्ट न्युज
advertisement1

महङ्गोमा स्वास्थ्य सामाग्री बिक्री गर्ने मेडिकल सिल

Maryada News 2021-05-22 09:10:50
महङ्गोमा स्वास्थ्य सामाग्री बिक्री गर्ने मेडिकल सिल

मकवानपुरः बागमती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल पसल सिल गरिएको छ। शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले बजार मुल्य भन्दा निकै महङ्गोमा अक्सिमिटर बिक्री गरेको जनाउँदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो।

मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मासहित उपभोक्ता हित तथा संरक्षण मञ्चकाे टोलीले शुक्रबार  अनुगमन गरेको थियो। 

सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाइने जनाइएको छ। उनीहरूलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्