सप्तरी : प्रदेश नं २ का उपसभामुख उपमा देवले महिलामाथि हुने हिंसाविरुद्धको शून्य सहनशीलता राज्यको जवाफदेहिता भएको बताएका छन् । महिला मानवअधिकार रक्षक सञ्जाल सप्तरीको आज राजविराजमा सम्पन्न पदास्थापन समारोहमा उपसभामुख देवले न्यायपूर्ण शान्तिका लागि सबैखाले विभेद र दण्डहीनता अन्त्य गरी महिलामाथि हुने हिंसा नियन्त्रणको वातावरणका लागि राज्य जवाफदेही बन्दै गएको बताए।
लामो समयसम्म राज्यबाट उपेक्षित समुदायको अधिकारलाई केन्द्रमा राखी सबैको मानवअधिकार सुरक्षित हुनुपर्ने बताउनुहुँदै उनले अधिकारको दुरुपयोग गर्न नहुनेतर्फ सचेतसमेत गराए । निर्वाचन समितिका संयोजक मञ्जु श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाइका अध्यक्ष डोमन साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, इन्सेक प्रतिनिधि मनोहर पोखरेल र सञ्जालकी सल्लाहकार करुणा झाले शुभकामना व्यक्त गरे ।
गत फागुन १२ गते सम्पन्न अधिवेशनले अनिता देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो । जसअनुसार उपाध्यक्षमा सुधा देव, सचिवमा माधवी शाह, सहसचिवमा मनु खनाल र कोषाध्यक्षमा ललिता कर्ण निर्वाचित भएका थिए । यसैगरी सदस्यमा मालतीदेवी चौधरी, ज्ञानु भट्टराई, पुनम पोखरेल, सुष्मा गुप्ता, गीता पाण्डे, राजकुमारी साह, साधना कर्ण, बविता देव, बेबी गुप्ता, कमला खनाल कोइराला, सुनैरदेवी यादव र पार्वती सिंह ९प्रिया० रहनुभएको छ । सल्लाहकारमा मञ्जु श्रेष्ठ, मनोहर पोखरेल र करुणा झालाई साधारणसभाले मनोनित गरेको छ ।
प्रतिक्रिया