काठमाडौं : चीनबाट भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज बुधबार चीन जाँदै छ । विमानले बिहीबार खोप ल्याउने र त्यसपछि निरन्तररुपमा ३२ लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आगामी पाँच दिनभित्र चीनबाट दैनिक रूपमा गरी कुल ३२ लाख भेरोसेल ल्याउने तालिका छ । सरकारले चीनबाट ४० लाख मात्र खोप ल्याउने सम्झौता गरेको छ । सुरुको साता ८ लाख मात्रा खोप आए पनि त्यसपछिका हप्तामा भने खोप ल्याइएको थिएन ।
चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप भने कहिले आउने निश्चित भैसकेको छैन । चीनबाट अब अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित भैसकेको छ ।
केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप अहिले देशभर वितरण भइरहेको छ ।यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो ।नेपालमा सोमबारसम्ममा करिब साढे ३० लाख जनाले खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हाल कोभिशील्ड, भेरोसेल र जोनसन एन्ड जोनसन गरी तीनवटा खोप उपलब्ध गराइएको छ ।
प्रतिक्रिया