काठमाडाैंः प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूकाे पीसीआर परीक्षण भइरहेकाे छ। प्रतिनिधि सभा रहेकाे अन्तराष्ट्रिय सम्मेलन केन्द्रकाे ल्हाेत्से हलमा बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पीसीआर परीक्षण हुने संसद सचिवालयले जनाएकाे छ।
वैशाख २७ गते हुने प्रतिनिधि सभाकाे विशेष अधिवेशनका लागि संसद सचिवालयले आज बुधबार सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिवलगायत संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरूको पीसीआर परीक्षण गरेकाे हाे।
भोलि बिहीबार कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको परीक्षण हुने जनाइएकाे छ।
प्रतिक्रिया