लेटेस्ट न्युज
advertisement1

भारतकाे काेभिड अस्पतालमा आगलागी हुँदा १५ जनाकाे निधन

Maryada News 2021-05-01 09:26:20
भारतकाे काेभिड अस्पतालमा आगलागी हुँदा १५ जनाकाे निधन

एजेन्सीः भारतकाे गुजरात राज्यमा रहकाे एक काेभिड अस्पतालमा आगलागी हुँदा १२ जना काेराेना संक्रमितसहित अन्य तीन गरी १५ जनाकाे निधन भएकाे छ। गुजरातकाे भरुचमा रहेकाे पटेल वेलफेयर काेभिड अस्पतालमा शुक्रबार मध्यरातमा भीषण आगलागी भएकाे थियाे। 

स्थानीय प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा आगाे सर्ट सर्किट भएर लागेकाे बुझिएकाे छ। राति १२ः३० मा सल्किएकाे आगाे केही घण्टामै नियन्त्रणमा लिइए पनि उद्धारकाे काम भने बिहानसम्मै जारी थियाे। 

आगलागीकाे खबर प्राप्त हुनासाथ १२ वडा अग्नी नियन्त्रक र ४० एम्बुलेन्सलाई बाेलाइएकाे थियाे। आगलागीकाे समयमा अस्पताल आसपास करिब ५ देखि ६ हजार मानिसकाे भीड लागेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्