लेटेस्ट न्युज
advertisement1

नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए  

Maryada News 2021-07-19 18:35:27
नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए  

कानो, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा भएको एक एम्बुस आक्रमणमा १३ प्रहरी मारिएका छन् ।       
प्रहरी स्रोतले सोमबार दिएको जानकारी अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक प्रहरी कार्यालयमा एम्बुस आक्रमण गरेका थिए । यस आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ ।     
     
उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले आतङ्कित पारेका छन् । उनीहरूले गाउँमा छापा मार्ने, गाईवस्तु चोर्ने, फिरौतीको लागि अपहरण गर्ने र सरसमान लुटेर घर जलाउने काम गर्दै आएका छन् ।     
     
आक्रमणकारीहरु नजिकैको जङ्गलमा लुक्न खोजिरहेका र यस जङ्गलमा उनीहरूको लुक्ने ठाउँ रहेको विश्वास गरिएको प्रहरीले जानकारी दिएको छ । डाकुहरूले यसअघि नजिकैको म्याग्मी समुदायलाई आक्रमण गर्ने प्रयास गरेका थिए ।

उक्त आक्रमण प्रयासलाई सेनाले विफल पारेका जनाइएको छ । गत दुई वर्षमा नाइजेरियाका ८० हजार भन्दा बढी व्यक्ति आतङ्कका कारण छिमेकी देश नाइजरमा विस्थापित भएको बताइएको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्