एजेन्सीः संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट आफ्नाे सेना फिर्ता बाेलाउने भएकाे छ। अमेरिकी राष्ट्रपति जाे बाइडेनले अफगानिस्तानबाट ११ सेप्टेम्बरभित्रमा अमेरिकी सेना फिर्ता बाेलाउने बारे निर्णय गर्न लागेकाे अमेरिकी अधिकारीहरूले जनाएका छन्।
यसअघि ट्रम्प सरकारले तालिवानसँग मे महिनामा सेना फिर्ता गर्ने बारे गरिएकाे निर्णय कार्यान्वयन हुन नसक्ने भएपछि नयाँ मिति चयन गरिएकाे हाे। नयाँ चयन गरिएकाे मिति सन् २००१ मा पेन्टागनमा हमला गरिएकाे मितिसँग संयाेगवश जुध्न पुगेकाे छ।
यस्तै अमेरिकाले तालिवानलाई चेतावनी पनि दिएकाे छ। यदी सेना फिर्ता गर्ने समयमा आक्रमण भएमा भने अमेरिकी सेनाले वलपुर्ण प्रतिकृया दिने बताइएकाे छ। अमेरिकाले सेना फिर्ता गर्नेबारे आज बुधबार निर्णय गर्ने भएकाे छ।
प्रतिक्रिया