लेटेस्ट न्युज
advertisement1

तेस्रो डोजको लागि अनुमति माग्ने फाइजरको तयारी

Maryada News 2021-07-09 16:01:10
तेस्रो डोजको लागि अनुमति माग्ने फाइजरको तयारी

काठमाडौं : अमेरिकी औषधि कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो डोजको लागि अनुमति माग्ने तयारी गरेको छ । कम्पनीले १२ महिनाभित्र थप एक डोज दिनाले कोरोनाविरुद्धको प्रतिरोधी क्षमता नाटकीय रुपमा बढ्न सक्ने बताएको छ ।

फाइजरले तेस्रो डोज खोप दिँदा डेल्टा भेरियन्टबाट हुने संक्रमणबाट पनि बचाउन पनि सहयोग पुग्नेछ । धेरै मुलुकमा गरिएको अध्ययनको क्रममा फाइजरको खोप डेल्टा भेरियन्टको संक्रमण रोक्न पनि निकै प्रभावकारी देखिएको पाइएको छ । पहिलोपटक भारतमा देखिएको डेल्टा भेरियन्ट अहिले विश्वभर तीव्र गतिमा फैलिएको छ । अमेरिकामा पछिल्लो समय भेटिएका नयाँ संक्रमितमध्ये अधिकांशमा डेल्टा भेरियन्ट देखिएको छ ।

अहिले विश्वभर उपलब्ध अधिकांश खोपको दुई डोजले डेल्टा भेरियन्ट मात्र नभई सबै संस्करणविरुद्ध लड्न महत्वपूर्ण एन्टिबडी बनाउँछन् । यद्यपि, अझै पनि विश्वका अधिकांश मानिसले कोरोनाको पहिलो डोज पनि पाएका छैनन् । यद्यपि समयसँगै विस्तारै कोरोनाविरुद्धको एन्टिबडी पनि घट्दै जाने हुँदा तेस्रो डोजको आवश्यकता कतिबेला पर्छ भनेर पत्ता लगाउने प्रयास चलिरहेको छ ।

बिहीबार फाइजरका मिकेल डोलस्टनले तेस्रो डोज कोरोना खोप लिँदा शरीरमा एन्टिबडीको स्तर पाँचदेखि १० गुणसम्म बढ्न सक्ने बताए । आगामी अगष्टमा कम्पनीले तेस्रो डोजको लागि अनुमति लिन आवेदन दिने योजना बनाइरहेको छ ।

इजरायलले सार्वजनिक गरेको तथ्यांकतर्फ इशारा गर्दै डोलस्टनले भने, ‘तेस्रो डोजले डेल्टा भेरियन्टलाई प्रभावकारीअ रुपमा रोक्न सक्छ ।’ उनका अनुसार एन्टिबडी निकै कम भएपछि डेल्टा भेरियन्टको संक्रमण हुने र यसमा सामान्य लक्षण मात्र देखिने बताए । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्