कम्तिमा एक वर्ष देखि अष्ट्रेलियामा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले पनि अष्ट्रेलियन सेनामा भर्ती हुन पाउने भएका छन् ।
अष्ट्रेलियाले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न कठिनाइ सामना गरिरहेको सन्दर्भमा मङ्गलबार गैरनागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको हो ।
‘जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइने छ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिने छ,’ रक्षामन्त्री रिचर्ड मार्लेसले बताए ।
बढ्दो क्षेत्रीय खतरा र कम जनसङ्ख्याको चुनौती सामना गरिरहेको बेला अष्ट्रेलियाले आफ्नो सैन्य शक्ति बलियो बनाउन यो रणनीति अपनाएको बीबीसीले लेखेको छ ।
प्रतिक्रिया