लेटेस्ट न्युज
advertisement1

जापानमा संकटकालको घोषणापछि थप त्रास  

Maryada News 2021-04-24 15:29:38
जापानमा संकटकालको घोषणापछि थप त्रास  

टोकियो : जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन् । प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेका अधिकारीहरूले जानकारी दिएका छन् । उनले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गर्नुभएको थियो । शुरुका महिनाहरुमा यहाँ यो महामारी फैलिएको थिएन ।

प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो । तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तिब्र बन्दै गएको बताइएको छ । यो महामारी थप नफैलियोस भन्ने उद्देश्यले यहाँ संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।     
     
प्रधानमन्त्री सुगाले अहिले हिजो घोषणा गर्नुभएको सङकटकाल आगामी मे ११ सम्म लागु हुने बताइएको छ । यहाँ संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् । दोस्रो पटक पनि यहाँ संकटकालको घोषणा भएपछि यहाँका मानिसमा थप त्रास फैलिएको बताइएको छ ।     
     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्