तीन कक्षा पढ्दाको
त्यो पुरस्कारको सान
ढलेन कहिल्यै
तर आज ढलेछ पुरस्कार
मलाई लाग्छ
पुरस्कार पाउने मापदण्डका
आधार को शिर
छेदन भएको छ
भो चाहिँदैन पुरस्कार
पुरस्कार पाँउदा हिजो
पाँच गाउँको स्याबास हुन्थ्यो
आज पाँउदा धारे हातको बर्षा भयो
म कसरी जाउँ त्यो गाली खाने
पुरस्कार लिन अशोभनीय मञ्चमा
भो पर्दैन अपमान
थाप्न हत्केलामा
स्वाभिमान झुक्ने गौरवको
त्यो बिकेको पुरस्कार
खसीको मासुजस्तै पसलको
भो चाहिँदैन पुरस्कार
पाकेर कसौँडी मा
बासी भएको पर्सिपल्टको
बासी मासु जस्तो
तिमीले दिने त्यो पुरस्कार
टाङ मुनि छिराइदिन्छु
जुन दिन पुरस्कार
चोखिएर पवित्र हुन्छ
त्यस दिन लाई पुरस्कार वर्ष
घोषण गरिदिने छु
अनि मात्र लिन्छु कि पुरस्कार
अन्यथा भन्यौ भने तिमीले
थाप्न आउ पुरस्कार
बिग्रेको मौसम जस्तै
भो चाहिँदैन तिम्रो पुरस्कार
फर्कियो भने मेरो
शानको त्यो पुरस्कार
पढ्दा तीन कक्षाको
आहा भन्ने छु
अनि चुम्ने छु ओठले
अनि त्यो पुरस्कारलाई
सुमसुम्याइ रहने छु
अहिले त भाँचिएको त्यो
देखावटी पुरस्कार
लिनु छैन मलाइ
मेरा पवित्र भित्ताहरुलाई
दुर्गन्धित पार्ने गरी ,घरै भरी
पैसा वालले किन्ने त्यो पुरस्कार
गरिब को घरको शान
किमार्थ हुन सक्दैन
भूल हुने त्यो जिवन
महाभूलको पुरस्कार
थापेर यी हातले
लिने छैन पुरस्कार
उस्को शान बलियो छ
त्यो बेलासम्म छ
नलिएर नै पुरस्कार
समातेर पुरस्कार
हुनु छैन तिरस्कार
जति बेला सम्म ऊ
सत्य भित्र अडिग छ
भो चाहिँदैन पैसामा
बिक्री भएको पुरस्कार ।
प्रतिक्रिया