लेटेस्ट न्युज
advertisement1

लोक दोहोरी अवार्डकाे लागि फारम खुल्ला

Maryada News 2021-04-18 13:44:45
लोक दोहोरी अवार्डकाे लागि फारम खुल्ला

काठमाडाैंः “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८”काे फारम खुलेकाे छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा हुन गईरहेकाे कार्यक्रममा विभिन्न कलाकारलाई पुरस्कार प्रदान गरिने भएकाे छ। 

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आगामी जेठ २९ गते आयाेजना गरिने छ। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मूल नारासहित सम्पन्न हुने कार्यक्रममा विगतका वर्षहरूमा झैं अवार्ड कार्यक्रमलाई निरन्तरता दिन लागिएकाे र अवार्ड कार्यक्रमलाई सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन आयोजक कमिटीका अध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन्।

अवार्ड कार्यक्रमको फारम २०७८ बैशाख २० सम्मका लागी खुल्ला गरिएको अध्यक्ष लम्सालले जानकारी गराएका छन्। २०७६ र २०७७ सालका गीतहरू अवार्डका लागि आवेदन भर्न पाईने आयोजक पक्षले बताएको छ। यस वर्ष कूल ३३ विधामा अवार्ड वितरण गर्न लागिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्