सप्तरीः जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको ज्यान गएकाे छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको निधन भएको स्थानीयले जानकारी दिए।
हात्तीको आक्रमणबाट निधन भएको जानकारी पाएपछि हाल घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताए।
मृतककाे शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए। कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर निधन भएको स्थानीयवासीले बताएका छन्।
प्रतिक्रिया