काठमार्डाैं : शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो निभेको छ । आइतवार बिहान ११ बजेदेखि लागेको आगो बेलुकी पाँच बजेतिर नियन्त्रणमा आएको हो । डढेलो नियन्त्रणका लागि सिम्रिक एअरको हेलिकप्टरले झण्डै एक दर्जन पटक पानी खसालेको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा आएको प्रहरी जनाएको छ ।
प्रतिक्रिया