लेटेस्ट न्युज
advertisement1

स्वास्थ्य मन्त्रालयकाे सिफारिसः २५ जनाभन्दा बढी भेला हुन राेक लगाउनु पर्ने

Maryada News 2021-04-09 13:23:01
स्वास्थ्य मन्त्रालयकाे सिफारिसः २५ जनाभन्दा बढी भेला हुन राेक लगाउनु पर्ने

काठमाडाैंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमण राेकथामका लागि २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेकाे छ। मन्त्रालयले यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई सिफारिस गरिसकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

सीसीएमसीकाे आजै बस्ने बैठकले यसबारे निर्णय गर्नसक्ने पनि बताइएकाे छ। 

यस्तै काेराेनाकाे नयाँ लहर फैलिएकाे हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले शिक्षण संस्थामा प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेसलगायतका भिड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्