लेटेस्ट न्युज
advertisement1

दीपाश्रीकाे फेसबुक ह्याक गरेकाे आराेपमा १४ वर्षीय बालक पक्राउ

Maryada News 2021-04-06 17:28:36
दीपाश्रीकाे फेसबुक ह्याक गरेकाे आराेपमा १४ वर्षीय बालक पक्राउ

काठमाडाैंः नेपाल प्रहरीकाे साइबर ब्युरोले दीपाश्री निरौलाकाे फेसबुक ह्याक गरेकाे अभियाेगमा १४ बर्षीय एक बालकलाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालक रहेकाे ब्युराेले जनाएकाे छ।

पक्राउ परेका बालकले दीपाश्रीसहित अन्य कलाकारकाेसमेत फेसबुक अकाउण्ट ह्याक गरेकाे ब्युराेले जनाएकाे छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालकाअनुसार पक्राउ परेका बालकले विभिन्न कलाकारकाे फेसबुक अकाण्ट ह्याक गर्दै कलाकारकाे फेसबुकमा रहेका साथीहरूसँग पैसा माग्ने गरेका थिए। 

ब्युराेकाे टाेलीले उनलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिपश्चात सोमबार जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरेकाे हाे।

उनलाई विद्युतीय काराेबार ऐन,२०६३ अन्तर्गत पक्राउ गरी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्