लेटेस्ट न्युज
advertisement1

पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Maryada News 2021-05-07 20:43:32
पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । अदालतले समाचार सम्प्रेषण गर्दा तथ्यगत त्रुटि गरेका कारण पक्राउ परेका उज्यालो नेटवर्कका दुई पत्रकारलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश खतिवडा र डा भट्टराईको संयुक्त इजलासले आज प्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ भनिने श्यामबहादुर तामाङ र महाप्रबन्धक प्रभात भनिने दुर्गालाल तामाङलाई तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा समाचार सम्प्रेषणसम्बन्धी विषयमा विवाद देखिएको र समाचार सम्प्रेषण गर्दा तथ्यगत त्रुटि गरेका कारण निवेदकले क्षमायाचनासमेत गरिसकेका अवस्थामा थुनामा राखिरहनु गैरकानूनी हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्