काठमाडौं : विवेकशील साझा पार्टी प्रदेश नं १ ले सञ्चालन गरिरहेको भोकालाई तातो भात वितरण अभियान १५औँ दिनमा प्रवेश गरेको छ । पार्टी केन्द्रीय सदस्य रमेश विष्टका अनुसार प्रदेश नं १ का विभिन्न क्षेत्रमा जारी तातो भात वितरण अभियानबाट हाल सम्म ४५ सय जना विपन्नहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।
प्रदेश १ को उर्लाबारीमा तयार गरी कानेपोखरीदेखि कमल गाउँपालिकासम्म सञ्चालित तातो भात अभियान विपतमा विपन्नका लागि राहतको एउटा सानो प्रयास भएको केन्द्रीय सदस्य महेन्द्र थापाले टिप्पणी गरे । केन्द्रीय सदस्य विष्टका अनुसार तातो भात वितरणमा विपन्नहरुको फोटो सामाजिक सञ्जालमा नराखी स्वयं सेवकहरुको मात्र पोष्ट गर्ने गरिएको जानकारी दिए ।
विपन्नहरु बाध्यताले तातो भात वितरण अभियानमा सरिक भएका हुन्, उनीहरुको फोटो खिचेर किन सार्वजनिक गर्नु विष्टले प्रतिकृया दिए । तातो भात वितरण अभियानलाई आवश्यकता अनुसार निरन्तर दिइने पनि केन्द्रीय सदस्य विष्टले जानकारी दिए ।
प्रतिक्रिया