काठमाडौंः विवेकशील साझा युवा संगठनले तीन दिने 'युवा राजनीतिक चलचित्र महोत्सव'को आयोजना गरेको छ। चलचित्रलाई समाजको दर्पण भनिए पनि यसले समाज, संस्कृति र राजनीतिमा पनि खुला प्रश्न गर्नुपर्ने भन्दै महोत्सवको आयोजना गरिएको संगठनले जनाएकाे छ।
'युवा, राजनीति र चलचित्रबीचकाे त्रिकोणात्मक सम्बन्ध दर्शाउँदै यो फेस्टिभल आयोजना गरेका हौं', महोत्सवको संयोजन गरिरहेका प्रदीप ज्ञवालीले भने, 'समग्रमा नेपाली चलचित्र क्षेत्र अझै माथि उठ्न नसकेको परिप्रेक्षमा महोत्सव एउटा सानो पहल हुन सक्छ।'
महोत्सव आगामी चैत २७, २८ र २९ गते आयोजना गरिएको महाेत्सवमा संयोजनकारी भूमिका निभाईरहेकी लक्ष्मी निरौलाले जानकारी दिइन्। विवेकशील साझा पार्टीको मुख्यालय बखुण्डोलमा आयोजित महोत्सवमा कालो पोथी, भीम दत्त, शहीद, सेतो सूर्य, मुकुण्डो लगायत करिब १ दर्जन चलचित्र प्रदर्शन हुने जनाईएको छ।
प्रतिक्रिया