लेटेस्ट न्युज
advertisement1

सिम्रौनगढमा ऐतिहासिक इँटा फेला पर्‍याे

Maryada News 2021-04-04 13:18:34
सिम्रौनगढमा ऐतिहासिक इँटा फेला पर्‍याे

बाराः ऐतिहासिकस्थल सिम्रौनगढमा रामजानकी मन्दिर जीर्णाेद्धार गर्दा करीब दुई सय ४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ। पुरातत्व विभाग काठमाडाैंले सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित मन्दिरमा ऐतिहासिक इँटा फेला पारेको हो।

इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइएको छ। फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले बताए। उक्त इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिले देखिनै मन्दिर रहेको अनुमान गरिएको छ। 

यसअघि पनि सिम्रौनगढ नगरपालिका-४ हरिहरपुरमा खेत खन्ने क्रममा १३ औँ शताब्दीको प्राचीन विष्णु भगवानको मूर्ति फेला परेको थियाे। सिम्राैनगढ क्षेत्रमा विभिन्न समयमा विभिन्न प्राचीन वस्तु भेटिने क्रम चलिरहेकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्