लेटेस्ट न्युज
advertisement1

नेपालकाे पहाडी क्षेत्रमा हाेली मनाइँदै

Maryada News 2021-03-28 10:36:34
नेपालकाे पहाडी क्षेत्रमा हाेली मनाइँदै

काठमाडाैंः फागुन शुक्ल पूर्णिमाका अवसरमा आज आइतबार नेपालका पहाडी क्षेत्रमा हाेली पर्व मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने हाेली पर्व आज हिमाली एवं पहाडी जिल्लामा मनाइँदैछ।

काेराेना महामारी र नेपालमा पनि संक्रमण बढ्न सक्ने स्थितीका कारण प्रशासनले यस वर्ष हाेली पर्वलाई घर र आफन्तमै सीमित गर्न आग्रह गरेकाे छ। ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई गृह मन्त्रालयले यसअघि नै सावधानी अपनाउन पत्राचार गरिसकेकाे छ।  

यस वर्ष रंग, पिच्कारी र हाेलीमा युवा तथा केटाकेटीले लगाउन हाेली टिसर्ट पनि कम बिक्रि भएकाे व्यवसायीले गुनासाे गरेका छन्। यस्तै महामारीकाे त्रासका कारण अघिल्लाे वर्ष पनि हाेली पर्व निकै सावधानीपूर्वक मनाइँदा व्यवसायीलाई मार परेकाे छ। 

किंवदन्ती अनुसार त्रेता युगमा हिरण्यकश्यपुले विष्णुका ठूला भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगाेले केही गर्न नसक्ने आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई केही नभएका कारण कारण होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेकाे विश्वास गरिन्छ।

नेपालकाे तराई क्षेत्रमा भने हाेली पर्व भाेली साेमबार मनाइने छ। पहाडमा मनाएकाे भाेलीपल्ट तराईमा हाेली मनाउने परम्परा रहीआएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्