एजेन्सीः ताइवानमा रेल दुर्घटना हुँदा कम्तिमा ३६ जनाकाे निधन भएकाे छ। ताइवानकाे राजधानी ताइपेइबाट ताइतुङतर्फ गइरहेकाे रेल लिकबाट चिप्लिँदा दुर्घटना भएकाे हाे।
रेलमा करिब तीन सय ५० जना यात्रु रहेकाे बताइएकाे छ। दुर्घटनामा करिब ७२ जना घाइते भएका छन्। त्यस्तै अन्य मुलुकका पर्यटक पनि साे रेलमा सवार रहेकाे विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
रेल स्थानीय समयअनुसार बिहान ९ बजे एउटा सुरुङभित्र दुर्घटनामा परेकाे हाे। अझै थुप्रै यात्रु सुरुङभित्रै फसिरहेका छन्। रेलका चालककाे पनि निधन भइसकेकाे जनाइएकाे छ। त्यस्तै चारवटा डिब्बा सुरुङभित्रै भएकाले उद्धारमा कठिनाइ भइरहेकाे छ।
ताइवानी अधिकारीकाअनुसार रेलकाे लिकमा एउटा ट्रक आएकाले रेल दुर्घटनामा परेकाे हाे। याे रेल दुर्घटना तीन दशकयताकै सबैभन्दा ठूलाे भएकाे बताइएकाे छ।
प्रतिक्रिया