काठमाडाैंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार एकैदिन जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आजै सर्वाेच्च अदालतमा नेकपा विघटना गर्ने फैसलाविरुद्ध पुनरावेदन निवेदन दर्ता गराएका प्रचण्डले आजै दुई शीर्ष नेतासँग भेटेका हुन्।
देउवालाई भेट्न मंगलबार दिउँसो प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएकाे छ। देउवासँगकाे भेटवार्ता दिउँसाे चार बजे सकिएकाे थियाे।
देउवासँगकाे भेटवार्ता सकिनासाथ प्रचण्ड बाबुराम भट्टराई भेट्न पुगेका छन्। प्रचण्डले राजनीतिक भेटवार्ता बढाएसँगै राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी शुरु भएकाे छ।
प्रतिक्रिया