नवलपरासीः जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासीकाे जिल्ला अदालतले सूचना जारी गरेकाे छ। पृथकतावादी र विखण्डनकाे राजनीति त्याग्दै मूलधारकाे राजनीतिमा प्रवेश गरेका सिके राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन सूचना जारी भएको हाे।
रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन ३५ दिनकाे म्याद दिइएकाे हाे। यसअघि पक्राउ पुर्जी जारी गरिएकोमा घर पत्ता नलागेकोले मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम उनकाे नाममा पूनः सूचना जारी गरिएकाे हाे।
२०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्नुपूर्व पृथकतावादी र विखण्डनकाे राजनीति गर्ने सिके राउतले नेपालबाट तराई छुट्याउनु पर्छ भन्ने जस्ता अभिव्यक्ति दिँदै आएका थिए।
प्रतिक्रिया