लेटेस्ट न्युज
advertisement1

केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ : प्रचण्ड

Maryada News 2021-03-27 16:32:08
केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । नागरिक आन्दोलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाव छ। हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुन्छ। अब म धेरै दिन कुर्ने वाला छैन। छिट्टै अगाडि बढ्छु। सबै राजनीतिक दलहरूको साझा सहमति कुरिरहेको छु।’ 

प्रचण्डले सर्वोच्च अदालतले संसद विघटन उल्टाएपछि आफूहरुले रिल्याक्स महसुस गरेको बताए । ‘त्यसलाई ठूलो युद्ध जितेको ठानेर हामीले रिल्याक्स गरेकै हो, त्यो गल्ति भयो,’ प्रचण्डले भने ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्