लेटेस्ट न्युज
advertisement1

कू काे विराेधमा म्यानमारमा चिकित्सकले राेके सेवा

Maryada News 2021-02-03 12:58:53
कू काे विराेधमा म्यानमारमा चिकित्सकले राेके सेवा

एजेन्सी । म्यानमारमा गत साेमबार सेनाले गरेकाे कू काे विराेधमा त्यहाँका चिकित्सकले आज (बुधबार)बाट सेवा ठप्प गरेका छन् । म्यानमारकाे करिब ३० वटा सहरका ७० भन्दा बढी अस्पतालका चिकित्सकले बुधबार सेवा ठप्प पारेकाे म्यानमार नागरिक अवज्ञा आन्दाेलनले बताएकाे छ । 

अवज्ञा आन्दाेलनकाे विज्ञप्तिमा भनिएकाे छ- 'म्यानमारकाे सेनाले काराेना महामारीबाट पीडित आम जनताकाे समस्या नबुझी आफ्नाे स्वार्थलाई माथि राखेकाे छ ।' म्यानमार काेराेना भाइरसले आक्रान्त बनेकाे दक्षिण एसियाली मुलुक हाे । म्यानमारमा काेराेना संक्रमणका कारण तीन हजार एक सय भन्दा बढीकाे ज्यान गएकाे छ । 

अवज्ञा आन्दाेलनकाे विज्ञप्तिमा भनिएकाे छ -'हामी असंवैधानिक सैनिक सरकारकाे कुनैपनि आदेश पालना गर्ने छैनाैं जसले गरिब र निमुखा जनताकाे समस्यालाई बुझेकाे छैन ।'

नागरिक अवज्ञा आन्दाेलनमा थुप्रै विद्यार्थी र युवाकाे सहभागीता रहिसकेकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्