लेटेस्ट न्युज
advertisement1

रोयटर्सको १७० बर्षकाे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक

Maryada News 2021-04-13 18:23:41
रोयटर्सको १७० बर्षकाे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक

काठमाडौं : चर्चित अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्समा १७० बर्षे इतिहासमा पहिलाे महिला प्रधान सम्पादकको रुपमा अलेसाण्ड्रा गालोनी नियुक्त भएकी छन् । इटालियन नागरिक ४७ वर्षीया एलेसान्ड्रा गालोनीलाई रोयटर्सले प्रधान सम्पादक नियुक्त गरेको हो । 

अहिले रोयटर्सको प्रधान सम्पादक स्टेफेन जे अड्लर छन् । उनी पछिल्लो एक दशकयता रोयटर्सको प्रधानसम्पादकको रुपमा छन् । उनको कार्याकालमा रोयटर्सले सयौं अवार्डहरु पाएको छ । चारओटा भाषामा दक्ष रहेकी गालोनीसँग रोयटर्स र वाल स्ट्रिट जर्नलमा बिजनेस तथा राजनीतिक समाचार लेखेको अनुभव छ । रोयटर्समा विश्वभर दुई हजार ४५० पत्रकार छन् । यो विश्वकै सबैभन्दा ठूलो समाचार एजेन्सीमध्येको एक हो ।

सन् २००८ यता रोयटर्स न्युज थमसन रोयटर्स कम्पनीको एक भागको रुपमा रहँदै आएको छ । थमसन रोयटर्स कम्पनीको समग्र आम्दानीमा रोयटर्स न्युजको करिब १० प्रतिशतको हिस्सा रहने गरेको छ ।

थमसन रोयटर्स कम्पनीका सीईओ स्टिभ हस्करले विज्ञप्ति जारी गर्दै कम्पनी रोयटर्स न्युजको भविष्य राम्रो बनाउन प्रतिबद्ध रहेको बताए । उनले स्वतन्त्र, निष्पक्ष र विश्वव्यापी पत्रकारितामा अडिग रहने बताएका छन् । एजेन्सी


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्