एजेन्सी । बेलायतले शुक्रबारबाट लागू हुने गरि दुबईकाे लागि दुईतर्फि उडान नै बन्द गरेकाे छ ।
बेलायतका अनुसार काेराेनाकाे दक्षिण अफ्रिकी प्रकार अत्याधिक फैलन सक्ने गन्तव्यकाे रुपमा पहिचान गरि दुबई, रुवाण्डा र बुरुण्डीलाई यात्रा गर्न अयाेग्य मुलुककाे सूचीमा राख्न लागिएकाले उडान सेवा बन्द गरिएकाे हाे ।
उडान सेवामात्र प्रभावित नभएर यी मुलुकबाट ट्रान्जिटमा परेर आउने यात्रुलाईसमेत बेलायतमा प्रवेशाज्ञा नदिइने बताइएकाे छ । तर ब्रिटिस, आइरिस र स्थायी बसाेवास अधिकार भएका तेस्राे मुलुकका नागरिककाे हकमा भने याे लागू हुने छैन ।
यस्तै दुबई विमानस्थललेपनि उडान सेवा बन्द हुन गइरहेकाे भन्दै टिकट काटिसकेका यात्रुलाई एयरपाेर्ट नआउन र आफ्नाे एयरलाइन्सलाई सम्पर्क गर्न सुझाव दिएकाे छ ।
बेलयतकाे यातायत विभागलेपनि दुबईमा रहेका आफ्ना नागरिकलाई बेलायत आउन चाहेकाे खण्डमा अप्रत्यक्ष व्यवसायीक रुटकाे एयरलाइन्स प्रयाेग गर्न सुझाएकाे छ ।
दुबई र बेलायतबीचकाे हवाई उडान रुट संसारकै व्यस्त मध्येकाे रुट हाे । एक एयरलाइन डेटा प्रदायक कम्पनिका अनुसार जनवरीमा मात्र एक लाख ९० हजार तीन सय ६५ यात्रुले याे रुट हुँदै यात्रा गर्ने तय भएकाे थियाे ।
प्रतिक्रिया