एजेन्सीः भारतकाे मुम्बईमा बुधबार दिनभर अत्याधिक वर्षा हुँदा एउटा चार तले भवन ढलेकाे र साे भवनमा च्यापिएर ११ जनाकाे ज्यान गएकाे छ। राति ११ः१० मा भवन ढलेकाे र अझै कयाैं घाइते भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हालसम्म तीन जना बालबालिकासहित १६ जनाकाे उद्धार गरिसकिएकाे छ। उद्धार गरिएका घाइतेहरूकाे बीडीबीए नगर जनरल अस्पतालमा उपचार जारी छ। घटनाकाे समयमा भवनमा तीन वटा परिवार रहेका थिए।
यता घटनास्थलसम्म पुग्ने बाटाे निकै साँघुराे भएकाले उद्धारमा कठिनाइ भएकाे उद्धारकार्यमा संलग्नहरूले बताएका छन्। एम्बुलेन्स, दमकल र जेसीबीजस्ता यातायातका साधन समयमा घटनास्थल पुर्याउन नसकिएकाे उद्धारकर्मीहरूले बताएका छन्।
यता मुम्बईमा आज पनि भीषण वर्षा हुने त्यहाँका माैसमविद्हरूले बताएका छन्। बिहीबार भीषण वर्षा हुने भनिएसँगै मुम्बईबासी चिन्तित बनेका छन्। माैसम विभागले आजकाे लागि पनि वर्षाकाे रेड अलर्ट जारी गरेकाे छ।
प्रतिक्रिया