काठमाडाैं। नेकपाकाे आन्दाेलनरत प्रचण्ड-नेपाल समूहले आह्वान गरेकाे नेपाल बन्दमा एकाबिहानै एक समूहले गुडिरहेको ट्याक्सी जलाएका छन्।
काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी आगजानीपछि जलेर नष्ट भएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको बताए।
ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सरकारले बुधबार संसदीय सुनुवाइ नगरी संवैधानिक निकायका प्रमुख आयुक्त तथा आयुक्तहरू नियुक्त गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले यसको विरोध गर्दै बिहीबार आमहडतालको घोषणा गरेका थिए।
प्रतिक्रिया