लेटेस्ट न्युज
advertisement1

धरौटी बुझाएर छुटे बलात्कार आरोपित युवा

Maryada News 2021-01-28 14:00:43
धरौटी बुझाएर छुटे बलात्कार आरोपित युवा

काठमाडौं । केही समयअघि काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाउँदै गरेका युवा एकाएक सामाजिक सञ्जालमा छाएका थिए । केही नाम चलेका सञ्चारमाध्यमसहित विभिन्न युट्युवले उनको अन्तर्वार्ता लिँदै प्रकाशन गर्ने काम गरे । रिक्सा चलाउने अर्जुन विक, एकाएक सामाजिक सञ्जालमा ‘हिरो’ भए । तर केही समयपछि हराए । 

केही दिन अघि भने तिनै अर्जुुन विक फेरी सामाजिक सञ्जालमा छाए । यसपटक उनको छवि ‘हिरो’बाट ‘जिरो’मा पुग्यो । उनलाई जुन सामाजिक सञ्जालले उछालेको थियो, त्यसैले खसाल्यो । यसपटक प्रहरीपनि उनको पछि प¥यो । कारण थियो– अर्जुन विक बलात्कार आरोपमा परेका थिए । 

प्रहरीका अनुसार अर्जुनले गत साउन ३० गते काठमाडौंको देवीनगरमा रहेको आफ्नै डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

अर्जुन ती बालिकालाई आफ्नो श्रीमती बताउँदै आए । यद्यपी ‘बच्चा जन्माएपछि श्रीमती अरुसँगै पोइला गइ’ भन्दै केही समयअघि उनी आफैंले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिएका थिए । र कानून अनुसार १८ वर्ष भन्दा मुनिका बालबालिकासँग सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने प्रावधान छ ।

घोडाघोडी नगरपालिका– २ सानेपानी घर भएका अर्जुनलाई अपहरण तथा शरीर बन्धक गरी बालिका बलात्कार गरेको जाहेरीको आधारमा गत माघ १३ मा प्रहरीले पक्राउ गर्याे । काठमाडौंको तीनकुनेबाट पक्राउ गरि उनलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान समेत सुरु भयो । 

आज बिहीबार भने अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दियो । अपहरण तथा शरीर बन्धक गरी बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेका अर्जुुनलाई अदालतले ५० हजार रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएको हो ।  

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार अर्जुन विक धरौटी बुझाएर छुटिसकेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्