एजेन्सी- दक्षिण चीन सागर सधैँ विवादमा आउने गर्छ। अमेरिकी सेना र चिनियाँ सेनाबीच उक्त क्षेत्रमा दाबी गर्ने होडबाजी नै चल्ने गरेको छ।
गत शनिवारपनि अमेरिकी सैन्य हवाईजहाज सोही दक्षिण चीन सागरमा प्रवेश गरेको थियो । जहाज प्रवेश गरेको खबरपछि चीन अमेरिकाको सो कदमविरुद्ध खडापनि भएको थियो।
तर चीन यत्तिमै सिमित भएन। चीनले मङ्गलबार एउटा सूचना जारी गर्यो। भन्यो– 'यो हप्ता दक्षिण चीन सागरमा चीनले सैन्य तालिम आयोजना गर्नेछ।'
चीनको समुन्द्री सुरक्षा हेर्ने निकाय मेरिटाइम सेफ्टी एडमिनिस्ट्रेसनले एउटा सूचना जारी गर्दै दक्षिण चीन सागरमा पर्ने टोन्किनको खाडीदेखि लेझाउको भूमीसम्म जनवरी २७ देखि जनवरी ३० सम्म प्रवेश निषेध गरेको छ। यद्यपी सैन्य तालिम कत्रो हुने र कहिले हुने भन्नेबारे भने केही बताएको छैन।
अमेरिकी सैन्य हवाईजहाज यूएसएस थिओडर रूजवेल्टको नेतृत्वमा शनिवार उडेका अन्य सैन्य जहाज ‘सागरको स्वतन्त्रता’ प्रचार गर्न उडेको अमेरिकी सेनाले बताएको छ।
दक्षिण चीन सागरमा अमेरिका र चीनबीच बारम्बार विवाद सृजना भइरहेको छ । अमेरिकी सेनाले केही वर्षयता सो क्षेत्रमा आफ्नो गतिविधि सुक्ष्म रुपमा बढाइरहेको छ। चीनपनि आफ्नो सीमाभित्र विना अनुमति कुनैपनि प्रकारको गतिविधि नगर्न चेतावनी दिँदै आएको छ।
प्रतिक्रिया