एजेन्सीः संयुक्त राज्य अमेरिकाले आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अन्य देशलाई सहयोगस्वरुप उपलब्ध गराउने भएकाे छ। अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने निर्णय भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
सो विज्ञप्तिकाअनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ। विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो खोपलाई भने अझै पनि स्वीकृति दिएको थिएन। विश्वका कतिपय देश र संघसंस्थाहरूले अमेरिकाले ठूलो संख्यामा खोप राखेको आराेप लगाइरहेकाे छ।
उता अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकामा आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताएका छन्उ। अघिल्लो महिनामा मात्र राष्ट्रपति बाइडेनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए।
प्रतिक्रिया