धनषाः पृथकतावादी र विखण्डनकाे राजनीतिबाट मूलधारकाे राजनीतिमा प्रवेश गरेका सीके राउत नेतृत्वको जनमत पार्टीकाे राष्ट्रिय महाधिवेशन हुने भएकाे छ। जनमत पार्टीले चैत २८ गते प्रदेश नम्बर २ काे राजधानी जनकपुरको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएको हाे।
देशभरबाट महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने बताइएकाे छ। त्यस्तै विदेशका अतिथिहरू समेत सहभागी हुने जनमत पार्टीले बताएकाे छ।
महाधिवेशनमा सहभागी स्वयंमसेवकले अनिवार्य एक हजार रूपैयाँ सहयोग गर्नुपर्ने निर्देशनसमेत दिइएको छ।
यस्तै महाधिवेशनकाे तयारी स्वरुप चैत १५ गतेभित्र वडा तथा पालिका अधिवेशनहरू सम्पन्न गरिसक्न पनि वडा र पालिका स्तरिय कमिटीलाई निर्देशन दिइएको छ।
महाधिवेशनका लागि पार्टीले आफ्नै सुरक्षा दस्ता पनि परिचालन गर्ने जनाएको छ।
प्रतिक्रिया