काठमाडौं : ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्जन २.९ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख रुपैयाँमा बेचेको बीबीसीले जनाएको छ ।
डोर्सीले दुई हप्ता पहिले आफ्नो ट्विटर पोस्टको लिलामी बिक्रीको घोषणा गरेका थिए । डोर्सीले सन् २००६ मा पहिलोपटक ट्वीट गरेका थिए । जसमा लेखिएको थियो, ‘म आफ्नो ट्विटरको सुरुवात गरिरहेको छु ।’
भ्याल्युएबल बाइ सेन्टका अनुसार यो ट्वीटलाई ब्रिज ओरेकलका सीईओ सिना एस्टेवीले किनेका छन् । भ्याल्युएबल बाइ सेन्ट एक डिजिटल प्लेटफर्म हो जहाँ ट्वीटको लिलामी हुने गर्छ । केही समय पछि मोनालिसाको चित्र जस्तै मानिसहरुको यस ट्वीटको पनि महत्व बुझ्ने एस्टेवीले बताएका छन् । एजेन्सी
प्रतिक्रिया