लेटेस्ट न्युज
advertisement1

बजारमा मोबाइलको माग घट्न थालेपछि मूल्य घटाउँदै 'ओप्पो' 

Maryada News 2021-04-04 14:26:00
बजारमा मोबाइलको माग घट्न थालेपछि मूल्य घटाउँदै 'ओप्पो' 

काठमाडौं : बजारमा माग कम हुन थालेपछि चिनियाँ स्मार्ट फोन कम्पनी ओप्पोले मुल्यमा कटौती थालेको छ ।  सामसङ, सोओमी जस्ता ब्राण्डले बजारमा बर्चस्व जमायन थालेपछि ओप्पोले पछिल्लो समय मूल्यमा कटौती गरिरहेको हो ।

ओप्पोले नयाँ वर्षको अवसर भन्दै मोबाइलको मूल्य पनि घटाएको छ । कम्पनीले ओप्पोे ए१२ मा ३ जीबी भएको स्मार्टफोनको मूल्य घटाएको हो । यसअघि १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनको मूल्य १५ सयले घटाएर १४ हजार ९ सय ९० मा उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार यो फोन नेपाली बजारमा कालो र नीलो गरी दुई रंगमा उपलब्ध छ । सन् २०२० को अगस्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाई ८।३ एमएम र तौल १ सय ६५ ग्राम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्