लेटेस्ट न्युज
advertisement1

नाइजेरियाको जेलबाट झण्डै २ हजार कैदीबन्दी फरार

Maryada News 2021-04-06 15:12:24
नाइजेरियाको जेलबाट झण्डै २ हजार  कैदीबन्दी फरार

एजेन्सी : नाइजेरियाको जेलबाट झण्डै २ हजार कैदीबन्दी एकसाथ फरार भएका छन् । बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलमा रहेका कैदीमध्ये झण्डै २ हजार कैदीबन्दी भाग्न सफल भएको अधिकारीहरूले बताएका छन् । सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारी हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरूले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेका थिए । राष्ट्रपति मुहम्मद बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले’ गरेको ‘आतङ्कवादको कार्य’ भनेका छन् । उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले सोमवारको आक्रमण पछाडी उक्त समूहको हात रहेको विषय ‘झुटो’ रहेको बताएका छन् । ज्यानुअरी महिनादेखि दक्षिण–पूर्वी नाइजेरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठुलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्