लेटेस्ट न्युज
advertisement1

रोकिएन मानवको प्रकृति दोहन, माछाहरू एक अर्कालाई सुन्न नसक्ने हुँदै

Maryada News 2021-02-07 15:55:53
रोकिएन मानवको प्रकृति दोहन, माछाहरू एक अर्कालाई सुन्न नसक्ने हुँदै

एजेन्सी– पृथ्वीको सतह, वातावरण अनि तापक्रम बिगार्नमा मानव जातिको जत्रो हात अरु कसको होला र ? हुँदा हुँदा मानवको प्रकृति दोहनको सिलसिला समुन्द्रको आवाजसम्म पुगिसक्यो । 

बिहीबार जर्नल साइन्समा प्रकाशित एक अध्ययन अनुसार खुला समुन्द्रमा समेत मानव जातिले उत्पादन गरेको आवाज सुन्न सकिने भएको छ । आवाजले समुन्द्री जीव र जीवनलाई धेरै असर पारिरहेको छ । 

क्यानडाको विक्टोरिया विश्वविद्यालयका पर्यायवरणविद् फ्रान्सिस हुआनेस भन्छन्– ‘पानीमुनी आवाज धेरै परसम्म जानसक्छ । अझ माछाहरूका लागि त आवाज नै सञ्चारको माध्यम हो । माछाले प्रकाशभन्दा आवाजलाई नै वातावरण बुझ्न भर गर्ने गर्छ ।’ फ्रान्सिस जर्नल साइन्स्मा प्रकाशित यस अध्ययनको सहलेखक समेत हुन् । 

अधिकांश समुन्द्री जीव सञ्चार गर्न, संभोग गर्न, शिकार गर्नका लागि आवाजकै भर पर्ने गर्छन् । तर ठूला समुन्द्री जहाज, माेटर जडान गरिएका माछा मार्ने भाँडो, पानीमुनी गरिने तेल तथा ग्याँस उत्खनन् लगायतका विभिन्न मानवीय गतिविधिका कारण माछा लगायतका समुन्द्री जीव एकअर्कालाई राम्रोसँग सुन्न नसक्ने भएका छन् ।

पानीमुनी प्रयोग गर्न सकिने माइक्रोफोनको सहायताले वैज्ञानिकहरू माछाको आवाज रेकर्ड गर्न सक्छन् । त्यसरी रेकर्ड गरिएको आवाज समुन्द्री जहाजको आवाजसँग तुलना गर्दा उस्तै फ्रिक्वेन्सीको भएको पत्ता लागेको छ ।

रेड सी रिसर्च सेन्टर, साउदी अरेवियाका समुन्द्री पर्यायवरणविद् कार्लाेस डुआर्टेका अनुसार ‘अधिकांश समुन्द्री जीवले सञ्चारको लागि प्रयोग गर्ने आवाजलाई मानवले विकास गरेको आवाजले विस्थापित गरिरहेको छ ।’ डुआर्टे पनि जर्नल साइन्स्मा प्रकाशित उक्त अध्ययनको सहलेखक हुन् । 

उनका अनुसार रेड सी संसारकै व्यस्त र महत्वपूर्ण सिपिङ कोरिडोर हो । यस क्षेत्रका अधिकांश माछा तथा समुन्द्री जीव केही समययता अत्याधिक आवाज आउने स्थान त्यागेर अन्तै बस्न थालेका छन् । 

सन् १९७० को तुलनामा संसारमै समुन्द्री जीव आधाभन्दा बढीले घटिसकेका छन् । कुनै कुनै स्थानमा त वैज्ञानिकहरूले निकै कम समुन्द्री जीवको आवाजमात्र रेकर्ड गर्न सके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्