लेटेस्ट न्युज
advertisement1

विशेषज्ञ सेवाका लागि ‘मोबाइल शिविर’ सञ्चालन गरिने  

Maryada News 2021-06-25 21:49:02
विशेषज्ञ सेवाका लागि ‘मोबाइल शिविर’ सञ्चालन गरिने  

कर्णाली : कर्णाली सरकारले पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत मोवाइल शिविर सञ्चालन गर्ने भएको छ । प्रदेश राजधानी सुर्खेत भए पनि स्वास्थ्य, शिक्षाका दृष्टिले पश्चिम सुर्खेत निकै पछाडि छ । सो क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्यले यही असार १५ गतेदेखि विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरिने प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले जानकारी दिए । 

सालकोट स्वास्थ्यचौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र भएको जनाउँदै उनले भदौदेखि भने साप्ताहिकरुपमा सेवा शुरु गरिने जनाए । सालकोटमा विशेषज्ञ सेवा हुँदा अछाम र कैलालीका नागरिकले पनि सहज स्वास्थ्य सेवा पाउने बताइएको छ ।     

मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए । प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका प्रमुख डा जीतेन्द्र यादवले सामान्य शल्यक्रिया हुन नसक्दा गरीब जनता सदरमुकाम वीरेन्द्रनगर र देशका अन्य स्वास्थ्य संस्थामा पुग्नुपर्ने समस्या भएको बताए । 

पन्ध्र शय्याको अस्पतालका रुपमा स्तरवृद्धि भए पनि जनशक्ति र स्वास्थ्य उपकरण अभावले आवश्यक सेवा दिन नसकिएको उनको भनाइ थियो । प्रमुख यादवका अनुसार शव परीक्षणका लागि अहिले पनि वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्