लेटेस्ट न्युज
advertisement1

कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जाेशीलाई मस्तिष्कघात

Maryada News 2021-02-26 12:30:42
कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जाेशीलाई मस्तिष्कघात

काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो।

आज बिहान भने उनलाई थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले बताएकाे छ।

जोशीको मस्तिष्कमा रगत जमेको छ र शल्यक्रियाको तयारी भइरहेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताले सामाजिक सञ्जालमार्फत जाेशीकाे सीघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्