लेटेस्ट न्युज
advertisement1

राइडर कुटिएकाे भन्दै पठाओले बन्द गर्याे आफ्नाे सेवा

Maryada News 2021-03-23 18:24:48
राइडर कुटिएकाे भन्दै पठाओले बन्द गर्याे आफ्नाे सेवा

काठमाडाैंः पठाओले आफ्नाे सेवा बन्द गरेकाे छ। साेमबार राति ट्याक्सी चालकबाट पठाओका राइडर कुटिएपछि पठाओले तत्काललाई सेवा बन्द गर्न आफ्ना राइडरलाई आह्वान गरेकाे हाे। 

सोमबार साँझ गोंगबुकाे नयाँ बसपार्क क्षेत्रमा ट्याक्सीले एक हजार दुई सय रूपैयाँ लाग्छ भनिरहँदा पठाओले ६ सयमै लगिदिने भन्दा यात्रु तान्ने हाेडबाजीमा ट्याक्सी र पठाओका चालकबीच कुटाकुट भएकाे थियाे।

त्यसपश्चात पठाओ राइडरको विरोधमा ट्याक्सी चालकहरूले र्‍याली नै निकालेका थिए। 

पठाओले आज मङ्गलबार आफ्ना राइडरहरूलाई म्यासेज पठाउँदै केही असामान्य अवस्था आएको हुनाले कुनै पनि राइड नगर्न अनुरोध गरेको छ।

पठाओले आफूमाथि अन्याय भएकाे भन्दै प्रशासन कार्यालय ट्राफिक प्रहरीसँग समन्वय गरिरहेकाे बताएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्