लेटेस्ट न्युज
advertisement1

बर्दिवासमा चैतयता मात्रै १० भन्दा बढी माेटरसाइकल चाेरी

Maryada News 2021-03-23 12:44:30
बर्दिवासमा चैतयता मात्रै १० भन्दा बढी माेटरसाइकल चाेरी

महोत्तरीः सोमबार दिउँसै बर्दिवास–६ का प्रेमबहादुर खत्रीको ज९प ४३७९ नंको मोटरसाइकल बर्दिवास–१ पूर्वचोकस्थित आइएमई कार्यालय अगाडिबाट चोरी भयाे। 

“मोटरसाइकल अगाडि राखेर काम विशेषले आइएमई कार्यालय छिरेँ, पाँच मिनटमै फर्कँदा मोटरसाइकल चोरी भइसकेको थियो”, मोटरसाइकल धनी खत्रीले भने।

चैत पहिलाे साता बर्दिवास–७ का वडाध्यक्ष फाल्गुण सुसलिङले प्रयोग गर्दै आएकाे बर्दिवास नगरपालिकाको सरकारी नम्बर प्लेटको मोटरसाइकल बर्दिवास–३ गौरीडाँडाबाट चोरी भयाे।

बर्दिवास–९ का मनोजकुमार महतोको मोटरसाइकल पनि गौरीडाँडाबाटै चोरी भयाे। बर्दिवास–१४ स्थित सेन्ट्रल प्वाइन्ट स्कूल अगाडिबाट बर्दिवास–३ कै रुद्र बोहराको मोटरसाइकल पनि चोरी भयाे।

यी त प्रतिनिधि घटनामात्रै हुन्। महाेत्तरीकाे बर्दिवासमा पछिल्लाेपटक मोटरसाइकल चोरीको बिगबिगी बढेको छ। चैत महिनामा मात्रै १० भन्दा बढी मोटरसाइकल चोरी भएका छन्। दैनिकजसो मोटरसाइकल चोरीका वारदातबारे जानकारी आइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

चैतयता बितेका नौ दिनभित्रै १० भन्दा बढी मोटरसाइकल चोरीका घटना भएकाे बर्दिवास–७ का वडाध्यक्ष सुसलिङले बताए। इलाका प्रहरी कार्यालय बर्दिवासले पनि मोटरसाइकल चोरीका घटना बढेको स्वीकार गरेको छ।

“एकपछि अर्को मोटरसाइकल चोरीका घटनाबारे पीडितबाट जानकारी आएको छ”, कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भने, “प्रहरी मोटरसाइकल चोर्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ।” प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ।

प्रहरीकै सक्रियतामा बर्दिवास–३ का रुद्र बोहराको मोटरसाइकल बिपी राजमार्गको खुर्कोटमा भेटिएको छ। मोटरसाइकल चोरेर भागेका चोरले प्रहरीले पिछा गरेको छनक पाएर खुर्कोटमा गाडी छाडेर भागेको प्रहरीले जनाएका छन्। बाेहराकाे माेटरसाइकल भेटिए पनि अन्य मोटरसाइकलबारे खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

बर्दिवासमा पछिल्ला केही दिनयता भिखारी र कवाडी सामान उठाउने काममा लागेको देखाउने नौला मानिस निकै थपिएका छन्। प्रहरीले यिनीहरुबारे निगरानी बढाउनुपर्ने बर्दिवासका व्यापारीको सुझाव छ।

तीन वर्ष पहिले बर्दिवासमा अहिलेजस्तै मोटरसाइकल चोरीको बिगबिगी थियो। त्यतिखेर प्रहरीले सर्लाहीसम्म पुगेर मोटरसाइकल चोर्ने गिरोहको पहिचान गरी कारवाही गरेपछि यस्ता घटना पातलिएका बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्