लेटेस्ट न्युज
advertisement1

नेपालमै पहिलाे पटक युरेनियम बरामदः करिब ५ अर्ब रूपैयाँ पर्ने अनुमान

Maryada News 2021-03-12 17:25:46
नेपालमै पहिलाे पटक युरेनियम बरामदः करिब ५ अर्ब रूपैयाँ पर्ने अनुमान

काठमाडाैंः नेपालमै पहिलाे पटक युरेनियम बरामद भएकाे छ। साढे २ किलो युरेनियमसहित चारजनालाई प्रहरीले शुक्रबार दिउँसाे पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन्।

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको खुमलटारस्थित नास्टको प्रयोगशालाबाट पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे छ। बजार मूल्यअनुसार बरामद गरिएकाे युरेनियम ५ अर्व रूपैयाँभन्दा बढीकाे हुनसक्ने अनुमान गरिएकाे छ। काठमाडाैंकाे बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएकाे हाे।

उनीहरुलाई ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। विस्फोट पदार्थ ऐन, २०१८ अनुसार उनीहरुलाई कारबाही हुने प्रहरीले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्